मुख्य समाचार
-
सञ्चारमन्त्री गुप्ता भ्रष्टाचारको अभियोगमा जेल चलान : विशेषका न्यायाधीशलाई पनि कार्यवाहीको फैसला
-पूर्ण लाल चुके
२०६८ फागुन १० गते बुधवार नेपाल सम्वत् ११३२ सिल्लागाः–१५ JANAMAT(Bi-Weekly) February 22, 2012
नेपालगन्ज/ मधेशी नेता जय प्रकाश गुप्ता भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएका छन् । प्रधानमन्त्री डा. बाबु राम भट्टराईको मन्त्री परिषद्मा सञ्चारमन्त्री रहेका गुप्तालाई भ्रष्टाचारको अभियोगमा मंगलवार सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै फैसला गरेको हो ।
-
पैसाको प्रलोभनमा भारतीय कारागारमा बन्दी जीवन बिताउँदै छन् नेपाली चेलीहरु
.
२०६८ फागुन ७ गते February 19, 2012
नेपालगन्ज । पैसाको प्रलोभनमा परेर अवैध सामान सीमा पार गगर्न खोज्दा जिन्दगीभर भारतीय कारागारमा कोच्चिनु परेको दर्दनाक अवस्था दुई दर्जन बढी नेपाली महिलाहरुले भारतको बहराइच कारागारमा भोगिरहेका छन् ।
-
गृह मन्त्रालयको परिपत्र विरुद्ध सर्वोच्चमा रिट : निर्देशन नमान्ने प्रजिअहरु धमाधम सरुवा
.
२०६८ फागुन १ गते सोमवार.नेपाल सम्वत् ११३२ सिल्लागाः–६ =JANAMAT(Bi-Weekly) February 13, 2012
नेपालगन्ज/ संविधान र कानून विपरीत वंशजको आधारमा नेपाली नागरिकता दिन गृहमन्त्री विजय कुमार गच्छदारले तराईका प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको निर्देशन र परिपत्र विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
-
काँग्रेस–एमालेव्दारा सरकारलाई कठोर चेतावनी : सहमति विपरीत गर्ने अधिकार सरकारलाई छैन
.
२०६८ माघ २५ गते बुधवार नेपाल सम्वत् ११३२ सिल्लागाः–१ JANAMAT(Bi-Weekly) February 8, 2012
नेपालगन्ज/ सरकार बाहिर रहेका दुई प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र नेकपा (एमाले) ले एमाओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारले माओवादी जनसत्ताको कामलाई दिएको वैधानिकता फिर्ता नलिए कठोर कदम चाल्ने चेतावनी दिएका छन् ।
-
माओवादी लडाकु विदाई प्रक्रिया पुनः अवरुद्ध, जनयुद्धलाई उपेक्षा गरेको भन्दै संघर्ष घोषणा
.
२०६८ माघ २२ गते विहीवार.नेपाल सम्वत् ११३२ सिल्लाथ्वः–१३ JANAMAT(Bi-Weekly) Feb.5, 2012
नेपालगन्ज/ तह निर्धारणको विषयलाई लिएर माओवादी लडाकुहरूले विवाद गरेपछि विदाई प्रक्रिया अवरुद्ध भएको छ । माओवादी लडाकुहरूले चितवनको शक्तिखोर शिविरमा विवाद उत्पन्न गरेका हुन् । विशेष समितिले बनाएको तहलाई अस्वीकार गरेका लडाकुले अनमिन प्रमाणीकरणमा रहेको तह नै कायम हुनुपर्ने अडान राखेपछि प्रक्रिया अवरुद्ध हुन पुगेको हो ।
-
भगत सिंहद्वारा सशस्त्र गतिविधि बन्द गरेको घोषणा
-कुमार श्रेष्ठ
२०६८ माघ १८ गते बुधवार नेपाल सम्वत् ११३२ सिल्लाथ्वः–९ JANAMAT(Bi-Weekly) February 1, 2012
नेपालगन्ज/ बाँके बर्दिया जिल्ला लगायत तराईका अन्य जिल्लाहरुमा हत्या, अपहरण, चन्दा आतंक र बम विष्फोट लगायतका सशस्त्र गतिविधि संचालन गराउँदै आएको तराई जनतान्त्रिक मधेश मुक्ति पार्टीले सोमवारदेखि युद्धविरामको घोषणा गरेको छ ।
-
एमालेको एकताले एमाओवादी फुट्नबाट जोगिएको खनालको दावी
–दिनेश ठाकुर
२०६८ माघ १५ गते आइतवार नेपाल सम्वत् ११३२ सिल्लाथ्वः–६ JANAMAT(Bi-Weekly) Janaury 29, 2012
नेकपा एमालेको अञ्चल प्रशिक्षण भेला सम्पन्न
नेपालगन्ज/ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाले पार्टीको आन्तरिक एकताले एकिकृत माओवादीलाई फुट्नबाट जोगाएको दावी गर्नु भएकोछ । नेकपा एमालेको अञ्चल स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणको विहीवार बा“केको कोहलपुरमा उद्घाटन गर्दै उहा“ले यस्तो बताउनु भएको हो ।
-
दलीय विवाद शान्ति र संविधान निर्माणमा सहयोगी : सुवेदी
.
२०६८ माघ ८ गते आइतवार नेपाल सम्वत् ११३२ पोहेलागाः–१३ JANAMAT(Bi-Weekly) Janaury 22, 2012
खजुरा/ संविधानसभाकी उपाध्यक्ष पूर्णाकुमारी सुवेदीले शान्ति र संविधान तोकिएको समयमा सम्पन्न हुने बताउनु भएको छ । बाँके खजुरामा प्रखर परोपकार मिसन नेपालको पा“चौं साधारण सभाको उद्घाटन गर्दै उपाध्यक्ष सुवेदीले सो कुरा बताउनु भएको हो ।
-
नागरिक दवाव र अदालतको आदेश पछि लोडसेडिङको अन्त्य
.
२०६८ माघ ४ गते बुधवार नेपाल सम्वत् ११३२ पोहेलागाः–९ JANAMAT(Bi-Weekly) Janaury 18, 2012
नेपालगन्ज/नेपालगन्जका नागरिक समाजको दवाव र अदालतको आदेश पछि सोमवारदेखि गरिएको विद्युत लोडसेडिङको अन्त्य गरिएको छ ।
-
सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन प्रभावकारी रुपमा कार्यान्वयनमा जोड
-उमा मगर
२०६८ पुस १७ गते आइतवार नेपाल सम्वत् ११३२ थिँलाथ्वः–११ JANAMAT(Bi-Weekly) Janaury1, 2012
नेपालगन्ज/सुर्तीजन्य पदार्थका विरुद्ध नागरिक समाज संगठित भई आवाज उठाएमा सुर्तीजन्य पदार्थ सेवनमा कमी आउने बा“केका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विक्रम सिंह थापाले बताउनु भएको छ ।



