हाम्रो स्वास्थ्य / हाम्रो चासो
-
जाडो याममा हुने आकस्मिक श्वास प्रश्वास रोग निमोनियाको बारेमा जान्नै पर्ने कुराहरु
-जिल्ला जनस्वास्थ्य कार्यालय, बाँके
२०६८ फागुन १ गते सोमवार February 13, 2012
आँखाले नदेख्ने शुक्ष्म जीवाणुले अचानक श्वास प्रकृयासंग सम्बन्धित अंगहरु जस्तै फोक्सोहरुमा संक्रमण हुने रोगलाई श्वास प्रश्वास रोग भनिन्छ । यो रोग खासगरी ५ वर्ष मुनका बालबालिकाहरुका लागि अकालमा ज्यान लिन सक्दछ ।
-
सास किन गन्दाउँछ ?
-विभिन्न स्रोतबाट
२०६८ फागुन १ गते सोमवार February 13, 2012
सास गन्हाउने समस्या विश्वका हरेक क्षेत्रका मानिसको एक ठूलो समस्या हो । जो गिजाको राग, खाना वा प्लाक (दाँतमा जमेको फोहोर) का कारणले मुखमा ब्याक्टेरिया संक्रमण भएर हुन्छ ।
-
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको जरुरी सूचना
.
.
हात्तीपाइले रोग निवारण गर्नको लागि २०६८ साल माघ २१, २२ र २३ गते घरघरमा गै औषधी खुवाउने कार्यक्रममा छुटेकाहरुलाई स्वास्थ्य केन्द्रहरुबाट खुवाउने कार्यक्रम माघ मसान्तसम्म जारी छ । सो अवसरमा औषधी सेवन गरी हात्तीपाइले रोग हुनबाट बच्न र बचाउन समस्त बाँके जिल्लाबासीहरुमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँके हार्दिक अपिल गर्दछ ।
-
बाँकेमा हात्तीपाइलेको उच्च जोखिम कम गर्नु सबैको दायित्व
.
२०६८ माघ २५ गते बुधवार February 8, 2012
-कसरी चल्दैछ हात्तीपाइले विरुद्धको अभियान ?
बाँकेलाई हात्तीपाइले विरुद्धको अभियानमा विभाग समेतले उच्च प्राथमिकतामा राखेर हेरेकाले सबै खालका समस्या न्यूनिकरण गर्दै व्यापक ढंगले जनपरिचालन गरिएको छ । प्रारम्भमा सबै स्वास्थ्य केन्द्रका इन्चार्जहरु, ग्रामीण स्वास्थ्य कार्यकता, स्वयंसेविकाहरु लगायत २२ सय २५ जनालाई यसबारेमा विस्तृत जानकारी दिइयो । त्यससंगै सञ्चारकर्मी अन्य स्वास्थ्यकर्मी, दलका नेता, धार्मिक अगुवा, शिक्षक लगायत सबैलाई अभियानबारे प्रशिक्षित गरेर रोगबारे जानकारी दिने काम भएको छ ।
-
विद्यालयमा लागु औषधको अभिमुखीकरण
.
२०६८ माघ २२ गते आइतवार February 5, 2012
नेपालगन्ज सामुदायिक प्रहरी र असहाय सेवा केन्द्रको संयुक्त आयोजनामा विहीवार नेपालगन्जका विद्यार्थीहरुलाई एक दिने लागु औषध सम्बन्धि अभिमुखीकरण तालिम दिएको छ ।
-
मलेरियाबाट अनुमान भन्दा बढीको मृत्यु
.
२०६८ माघ २२ गते आइतवार February 5, 2012
नेपालगन्ज । विश्वभर अनुमान गरिए भन्दा दुई गुना बढी मानिसले मलेरियाका कारण ज्यान गुमाएका छन् । बेलायतको एक स्वस्थ्य संस्थाले गरेको अध्ययनले अनुमान गरिएभन्दा बढी मानिसको मलेरियाका कारण ज्यान गएको देखाएको छ ।
-
जनस्वास्थ्यद्वारा विभिन्न व्यक्तिलाई सम्मान
.
२०६८ माघ २२ गते आइतवार February 5, 2012
नेपालगन्ज/जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेले ५९ औं विश्व कुष्ठरोग दिवस–२०६८ पारेर कुष्ठरोग निवारण अभियानमा अतुलनीय योगदान पु¥याएकोमा कदर स्वरुप सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ ।
-
मध्यपश्चिममा कुष्ठ रोगी बढ्दैछन्
-दिनेश ठाकुर
२०६८ माघ १८ गते बुधवार February 1, 2012
नेपालगन्ज/मध्यपश्चिममा कुष्ठ रोगका विरामी बढ्दै गएको एक तथ्यांकले देखाएको छ । ५९ औं कुष्ठरोग दिवसको अवसरमा आइतवार यहाँ आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले यस्तो तथ्याँक सार्वजनिक गरेको हो ।
-
क्यान्सरको उपचारमा बेसार
.
२०६८ माघ ८ गते आइतवार Janaury 22, 2012
बेसारको औषधीय गुण हाम्रो परम्परागत उपचार पद्दतिमा जगजाहेर छ । सामान्य अर्थमा बेसारलाई एन्टिसेप्टिकका रुपमा बुझिन्छ । घाउ भएमा वेसार तेलको पट्टी लगाउने गरेको हामीले देखेकै वा भोगेकै हुनुपर्छ । वैज्ञानिकले पनि अहिले आएर उपचारमा बेसारको महत्व प्रमाणि गर्दै क्यान्सरसँग लड्न बेसार उपयुक्त रहेको निष्कर्ष दिएका छन् ।
-
सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन प्रभावकारी रुपमा कार्यान्वयनमा जोड
-उमा मगर
२०६८ पुस १७ गते आइतवार Janaury 1, 2012
नेपालगन्ज/सुर्तीजन्य पदार्थका विरुद्ध नागरिक समाज संगठित भई आवाज उठाएमा सुर्तीजन्य पदार्थ सेवनमा कमी आउने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विक्रम सिंह थापाले बताउनु भएको छ ।



