नयाँ नेपाल/नयाँ संविधान

  • संविधान निर्माण बहस : नेपालको राष्ट्रिय हित र नयाँ संविधान
    –निर्मला वि.सी.
    २०६८ माघ २२ गते आइतवार February 5, 2012

    बाँके /संविधान भनेको विश्वका कुनै पनि देशको प्रमुख दस्तावेज हो, जसले त्यस देशलाई निश्चित तथा व्यवस्थित बाटोमा दोहो¥याई रहेको हुन्छ र त्यस देशका नागरिकको लागि सर्वमान्य हुन्छ । त्यसमा पनि त्यस देशका जनता वा जनताको प्रतिनिधिहरुको सहभागितामा बन्ने संविधान युगौंको अभ्यास र कसरत पछि मात्र बन्ने गर्दछ, अर्थात् एक युगमा एक पटक जनसहभागितामूलक संविधान निर्माण हुन्छ ।


  • आदिवासी जनजातिको माग
    .
    २०६८ माघ २२ गते आइतवार February 5, 2012

    नेपालगन्ज/ नेपाल आदिवासी जनजाति महासंघले राज्य पुनःसंरचनाको लागि ८ वर्तमान विवाद समाधान गर्न फेरि संविधानसभाले तत्कालै एक अधिकार सम्पन्न उच्चस्तरिय समिति बनाउनुपर्ने माग गरेको छ ।


  • थारुलाई आयोगको प्रतिवेदन अमान्य
    .
    २०६८ माघ २२ गते आइतवार February 5, 2012

    नेपालगन्ज/ राज्य पुनःसंरचना आयोगले चितवनको केही भाग र महाकाली सम्मको तराईका भू–भागलाई मधेश–अवध थारुवान प्रदेशको खाका तयार पारेको भन्दै बाँकेमा क्रियाशीत संघसंस्थाले विरोध गरेका छन् ।


  • संविधान निर्माण बहस- नेवाः प्रदेशमा गैर नेवाःको अधिकार
    –मल्ल के सुन्दर–
    २०६८ माघ १८ गते बुधवार.नेपाल सम्वत् ११३२ सिल्लाथ्वः–९ February 1, 2012

    स्पष्ट हुनुपर्ने कुरा के छ भने नेवार स्वायत्त राज्य केवल नेवारहरुको लागि मात्रै होइन । न यो नेवारहरुको मात्रै राज्य हुनेछ । नेवार स्वायत्त राज्य भनेको हिजोको लामो इतिहासमा नेवारहरुको पहिचानको आधारमा, राजनैतिक इकाइ एवम् सत्ता रहेको पहिचानलाई राजनैतिक मान्यता दिने प्रयास स्वरुप नेवार स्वायत्त राज्य नामाकरण गरिएको हो ।


  • संघीयता सहितको संविधान अमान्य : जनमोर्चा
    .
    २०६८ माघ १८ गते बुधवार February 1, 2012

    नेपालगन्ज/ संघीयताले देश टुक्रिने वकालत गर्दै आएको राष्ट्रिय जनमोर्चा नेपालले संघीयता उल्लेख गरेर जारी गरिने कुनै पनि संविधान अमान्य हुने उद्घोषका साथ त्यसका विरुद्धमा तीन महिने सडक संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।


  • राष्ट्रिय एकताका आधार र नयाँ संविधान
    –दीपेन्द्र प्रजापति
    २०६८ माघ ४ गते बुधवार Janaury 18, 2012

    पर्सा/ थपिएको समय सीमा भित्र नयाँ संविधान जारी गर्न सबै तिरबाट दबाब दिने क्रम संगै राष्ट्रिय एकताका आधार विखण्डित हुन नहुने चिन्ताको स्वर पनि व्याप्त रहेको छ । यस्तो आवाज मधेश तिर अझ बाक्लो गरी सुन्न सकिन्छ ।


  • दलहरुको अडानका कारण संविधान ओझेलमा
    –दिनेश ठाकुर
    २०६८ असोज २६ गते विहीवार Oct. 13, 2011

    नेपालगन्ज/ संविधानसभाकि उपाध्यक्ष पूर्णा कुमारी सुवेदीले केही दलको अडानका कारण संविधान निर्माण कार्य ओझेलमा परेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेले मंगलवार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष सुवेदीले यस्तो बताउनु भएको हो ।