सम्पादकीय

  • सर्वोच्चको अर्को साहसिक फैसला
    -पूर्ण लाल चुके
    २०६८ फागुन १० गते बुधवार नेपाल सम्वत् ११३२ सिल्लागाः–१५ JANAMAT(Bi-Weekly) February 22, 2012

    सार्वजनिक पदमा आसिन हुँदा राष्ट्रिय ढुकुटी रित्याएर अकुत सम्पत्ती आर्जन गर्ने कुनै पनि पदाधिकारी र नेता कानूनको आँखाबाट बच्न सक्दैनन् भन्ने थुप्रै उदाहरण नेपालको इतिहासले सावित गरिसकेको छ । अहिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्री परिषद्मा सूचना सञ्चार मन्त्री तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिक जय प्रकाश गुप्ता विरुद्ध देशको सर्वोच्च न्यायपालिका सर्वोच्च अदालतको फैसलाले अर्को थप उदाहरण प्रस्तुत गरेको छ । गुप्तालाई भ्रष्टाचारको अभियोगमा मंगलवार सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै गरेको फैसलाले भ्रष्टाचारको अभियोगमा जेल चलान भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले उक्त मुद्दामा यसअघि विशेष अदालतले निर्दोष ठहर गरिएका गुप्ताको फैसला उल्टाउँदै रु.८४ लाख ९ हजार ९२८ बराबरको अवैध सम्पत्ती आर्जन गरेको ठहर गरेको हो ।


  • अन्ततः निर्णय फिर्ता गर्न वाध्य
    -पूर्ण लाल चुके
    २०६८ फागुन १ गते सोमवार. नेपाल सम्वत् ११३२ सिल्लागाः–६ JANAMAT(Bi-Weekly) February 13, 2012



  • सरकार किन यसो गर्दैछ ?
    -पूर्ण लाल चुके
    २०६८ माघ २५ गते बुधवार नेपाल सम्वत् ११३२ सिल्लागाः–१ JANAMAT(Bi-Weekly) February 8, 2012

    आफ्नो दल भित्रको एउटा खेमाबाट मात्र होइन बरु विपक्षी दलहरुको समेत विश्वास जित्न सफल संविधानसभामा सबभन्दा ठुलो दलको रुपमा स्थापित एकीकृत नेपाल कम्युनिष्ट पार्र्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा केही महिना अघि बनेको वर्तमान सरकारप्रति आफ्नै दल भित्रमात्र होइन प्रतिपक्षी दल र नेपाली जनताबाट समेत विश्वास गुम्दै गएको महसुस गर्न थालिएकोछ । मधेशी दलहरुसंगको गठवन्धनमा बनेको नेपालकै इतिहासमा ठुलो आकारको सरकार आफ्ै क्रियाकलापका कारण सर्वाधिक विवादित र आलोचित हुन थालेकोछ ।


  • समस्या झन् बल्झिंदै
    -पूर्ण लाल चुके
    २०६८ माघ २२ गते विहीवार.नेपाल सम्वत् ११३२ सिल्लाथ्वः–१३ JANAMAT(Bi-Weekly) February 5, 2012

    लामो समयको विवाद पछि संविधानसभाले टुङ्ग्याउन नसकेको राज्य पुनःसंरचनाको मुद्दा राज्य पुनःसंरचना आयोगले पनि टुङ्ग्याउन सकेन र प्रतिवेदन तयारी गर्दा नै दुई समूहमा विभाजित आयोगले बुझाएको प्रतिवेदन झन् सर्वाधिक विवादमा परेको छ । संविधानसभाले दिएको जिम्मेवारी पूरा गर्नका लागि शुरु गरेको ६७ दिनमा सरकारलाई बुझाएको प्रतिवेदन को समर्थन र विरोधमा देशका हरेक राजनीतिक दल, जाति जनजाति र क्षेत्र विभाजित हुन पुगेको छ । आयोगका सदस्यहरुले नामाङ्कन, सीमाङ्कन र सङ्ख्या जस्ता महत्वपूर्ण विषयमा आयोगका सदस्यहरूबीच मत बाझिएपछि दुई वटा प्रतिवेदन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुझाएका छन् ।


  • सूचना लुकाउने सरकारको यो नियत
    -पूर्ण लाल चुके
    २०६८ माघ १८ गते बुधवार नेपाल सम्वत् ११३२ सिल्लाथ्वः–९ JANAMAT(Bi-Weekly) February 1, 2012

    हाम्रा राजनीतिक दल र यसका नेताहरु सत्ता बाहिर रहुञ्जेल नागरिकको अधिकारको लागि चर्को वकालत गर्ने र सत्तामा जाना साथ संविधान, कानून र ऐनले प्रदान गरेको नैसर्गिक मौलिक अधिकार समेत खोस्न पछि पर्दैनन् भन्ने विगतमा एकदलीय पञ्चायती कालमा झैं उत्कृष्ट उदाहरण वर्तमान सरकारले प्रस्तुत गरेको छ ।


  • शहिदलाई बिर्संदै, तर संख्या थप्दै
    -पूर्ण लाल चुके
    २०६८ माघ १५ गते आइतवार नेपाल सम्वत् ११३२ सिल्लाथ्वः–६ JANAMAT(Bi-Weekly) Janaury 29, 2012

    मुलुकमा देश र जनताको स्वतन्त्रताका लागि भनी गरिएको हरेक आन्दोलन र शसस्त्र व्दन्व्दमा हजारौं नेपाली जनताले बलिदान
    गरिसकेका छन् । शहिदहरुकै बलिदान र आत्माहुतिका कारण मुलुकमा धेरै पटक आमूल राजनीतिक परिवर्तन भएका छन् । तर, देशमा पटक–पटक भएको जनआन्दोलनमा जनआन्दोलनमा सहभागी हुन जसरी हाम्रा नेताहरुले आश्वासन बाँडे, अगुवाई गरे त्यस अनुरुप आमूल राजनीतिक परिवर्तन भए पनि नेपाली जनताले परिवर्तनको प्रत्याभूति गर्न पाएका छैनन् । उल्टै सरकार र राजनीतिक दलहरुले सर्वसाधारण नागरिकलाई पीडा हुने खालका, निराशा जगाउने खालका थुपै्र कामहरु भएका उदाहरणहरु हाम्रो सामु विद्यमान छन् ।


  • जुन जोगी आए पनि कानै चिरेको
    -पूर्ण लाल चुके
    २०६८ माघ ८ गते आइतवार नेपाल सम्वत् ११३२ पोहेलागाः–१३ JANAMAT(Bi-Weekly) Janaury 22, 2012

    राजनीतिक रुपमा संक्रमणकालीन अवस्थाबाट गुज्रीएको अराजकता र अनियमितता व्याप्त भएको वर्तमान अवस्थामा सरकार मातहतका निगमहरुबाट पनि सर्वसाधारण नेपाली नागरिक आतंकित हुन थालेका छन् । नेपाली जनताले आशा र भरोसा लिएको एकीकृत  नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको वर्तमान सरकारबाट पनि सर्वसाधारण नागरिकलाई निराश गराउने थुपै्र कामहरु भएका छन् ।


  • प्राधिकरणको दुःख दिने नियत
    -पूर्ण लाल चुके
    २०६८ माघ ४ गते बुधवार नेपाल सम्वत् ११३२ पोहेलागाः–९ JANAMAT(Bi-Weekly) Janaury 18, 2012

    राजनीतिक रुपमा संक्रमणकालीन अवस्थाबाट गुज्रीएको मुलुकमा अहिले अराजकता र अनियमितता यतिसम्म झाङ्गिएको छ कि अब त सरकार र सरकार मातहतका निकायमा पनि व्याप्त हुन थालेको महसुस नेपाली जनताले गर्न थालेका छन् । यस्तो कहालीलाग्दो संक्रमणकालीन अवस्थाबाट देश र जनताले कहिले मुक्ति पाउने हो कसैलाई थाहा छैन ।


  • प्रभावकारी कार्यान्वयनमा जरुरी
    -पूर्ण लाल चुके
    २०६८ पुस १७ गते आइतवार नेपाल सम्वत् ११३२ थिँलाथ्वः–११ JANAMAT(Bi-Weekly) Janaury1, 2012

    मानिसले कुनै वस्तुको सेवन वा प्रयोग गर्दा यसले आर्थिक रुपमा मात्र होइन स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्दछ भन्ने कुरा जानीजानी पनि र अञ्जानमा पनि प्रयोग र सेवन गर्न छाडेका हुँदैनन् । सुर्तीजन्य पदार्थ सेवनमा नेपालीहरुको यस्तै अवस्था छ ।


  • अधिकारमाथि किन अवरोध ?
    -पूर्ण लाल चुके
    २०६८ पुस ७ गते बिहीवार.नेपाल सम्वत् ११३२ थिँलागाः–११ December 22, 2011

    मुलुकमा अहिले आफ्नो अधिकार प्राप्त गर्नका लागि अरुको अधिकार हनन् हुन्छ भन्ने सामान्य चेतना र सदासयता पनि हराउँदै गएको छ ।